कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, May 18, 2020

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । 
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार स्वाब संकलन गरिँदै। यही गाउँकी एक महिलाको कोभिड–१९ संक्रमणले मृत्यु भएपछिआइतबार उनका परिवारजन र छिमेकीको स्वाब संकलन गरिएको थियो । तस्बिर : अनिश तिवारी/कान्तिपुर

सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।
नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।
श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रबिसे–९ निवासी ती सुत्केरीको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएका आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजिटिभ आएको थियो । त्यसपछि बिहीबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्यलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट आउन केही ढिलाइ भएको स्विकारे । ‘टेकुबाट ५ सयभन्दा बढी नमुना आएको थियो, ल्याबका साथीहरुले पहिला त्यसलाई प्रोसेस गर्नुभएछ, दोस्रो लटमा परेका कारण केही ढिलाइ भएको हो,’ गल्ती भएको स्विकार्दै उनले भने, ‘बच्चाको केसलाई प्राथमिकता दिनुपर्ने हो, दोस्रो लटमा हालेका कारण केही ढिलाई पक्कै भयो ।’ एक पटकमा ९० नमुना परीक्षण गर्न सक्ने मेसिनले ४ घण्टामा नतिजा दिन सक्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages