कोरियन भाषा परीक्षाको आवेदन खुल्यो - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, April 4, 2015

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो



'¼ö´É Á¡¼ö ¸î Á¡À̾úÁö?'



आगामी जेठमा सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन फारम खुलेको छ । फारम आगामी वैशाख तीन गतेदेखि ६ गतेसम्म भर्नुपर्ने इपीएस कोरिया शाखाले जनाएको छ । फारम भर्नका लागि चार दिनको समय छुट्टयाइएको छ । वैशाख ३ देखि ६ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फारम भरिनेछ ।
आवेदकको योग्यता
कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
आवेदन दिने व्यक्ति कुनै फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गएर गैर कानुनी रुपमा बसोबास गरी कोरियन सरकारले समातेर फिर्ता नपठाएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक लगाएको व्यक्ति हुनुपर्ने छ । परीक्षा आवेदन फारम व्यक्ति स्वयं उपस्थित भएर लिनुपर्नेछ ।
फारम वितरण र दर्ता
कोरियाली भाषा परीक्षाका लागि काठमाडौं उपत्यका र बाहिर पनि फारम भरिने छ । उपत्यकामा नेपाल वेद विद्याश्रम संस्कृतमावि वनकाली, गौशाला, काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो तथा च्यासल फुटबल खेल मैदान बालकुमारीमा फारम भरिने छ ।
त्यस्तै उपत्यका बाहिर धरान, जनकपुर, बुटबल, पोखरा र डडेलधुरामा पनि परीक्षा फारम वितरण गरिनेछ । धरानमा धरान नगरपालिका वडा नम्बर ८ स्थित धरान सभागृहमा, जनकपुरको जनपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हलमा, बुटवलको नेपाल प्रहरी तालिम केन्द्रको पूर्वतर्फ रहेको प्रदर्शनी मण्डपमा, पोखराको वडा नम्बर १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च माविमा तथा डडेल्धुराको अमरगढी नगरपालिका स्थित कर्मचारी मिलन केन्द्रमा फारम वितरण तथा दर्ता गरिने छ ।
परीक्षा शुल्क
कोरियाली भाषा परीक्षामा सहभागी बन्ने २४ अमेरिकी डलर लाग्ने छ । उक्त रकम आवेदकले फारम बुझाउने अघिल्लो दिन केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसावबाट नेपाली रुपैयाँको हिसाव गरी बुझाउनुपर्ने छ । फारम रद्द भएमा रकम फिर्ता गरिनेछ । रकम फिर्ताका लागि आफूले जम्मा गरेको भौचरसहित सहभागी स्वयं उपस्थित हुनुपर्नेछ ।
परीक्षा आगामी जेठमा
कोरियन भाषा परीक्षा आगामी जेठ ३० शनिबार र ३१ आइतबार गते सञ्चालन हुनेछ । एक दिनमा दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको बारेमा नयाँ जानकारी तथा परीक्षा स्थलसम्बन्धी जानकारी भने इपीएस शाखा कार्यालयको वेवसाइटमा प्रकाशन गरिनेछ । भाषा परीक्षाको नतिजा भने आगामी श्रावण १६ गते प्रकाशन गरिने इपीएस कोरियाको शाखा कार्यालय ग्वार्को ललितपुरले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages