माघ १२, २०७२- सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्दबाबा क्षेत्रमा ढुंगा खसेर जिपमा सवार एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ६३९५ नम्बरको जिपमा यात्रा गरेका गुल्मीको दिगाम–६ का २७ वर्षिय नारायण खनालको ढुंगाले लागेर मृत्यु भएको हो ।
ढुंगाले लागेपछि गम्भिर घाइते भएका खनालको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपका चालक भने सकुसल रहेका छन् । सिद्दबाबा क्षेत्रमा वर्षेनी ढुंगा खसेर जिप, मोटरसाइकल र बसमा यात्रा गर्ने यात्रु घाइते हुने र मृत्यु हुने घटना हुँदै आएका छन् ।
No comments:
Post a Comment