काठमाडौं – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजू रिजाल २४ वर्षभन्दा माथि रहेको एक भारतीय क्रिकेटरले दाबी गरेका छन् । आफूसँगै खेलेको भन्दै ती क्रिकेटरले रिजालले आफ्नो उमेर ढाँटेको दाबी गरेका हुन् । यो विषयलाई क्रिकेट कन्ट्री नामक अनलाइनले
समेत समाचार बनाएको छ । यता, भारतीय क्रिकेटरले नेपाली कप्तानका विषयमा अनावश्यक टिप्पणी गरेपछि अहिले नेपाली क्रिकेट समर्थहरुती क्रिकेटरमाथि खनिएका छन् ।
समेत समाचार बनाएको छ । यता, भारतीय क्रिकेटरले नेपाली कप्तानका विषयमा अनावश्यक टिप्पणी गरेपछि अहिले नेपाली क्रिकेट समर्थहरुती क्रिकेटरमाथि खनिएका छन् ।

कौस्तभ पवार नामका ति क्रिकेटरले फेसबुकमा पोस्ट गर्दै राजू रिजालले आफूसँगै मुम्बईमा यू–१५ का म्याचहरु खेलेको दाबी गरेका छन् । उनले त्यतिबेला एकसाथ खेल्ने अन्य खेलाडीहरुको उमेर झन्डै लगभग २४–२५ वर्षको रहेको भन्दै नेपालका कप्तानको वास्तविक उमेर पनि त्यति नै भएको दाबी गरेका छन् । मुम्बईमा छदाँ राजु रिजालले राजू शर्माको नामबाट खेल्ने गरेको उनको आरोप छ ।
को हुन् कौस्तभ पवार ?कौस्तभ पावारले सन् २०११–१२ को सिजनबाटै व्यवसाहिक क्रिकेट सुरु गरेका थिए । उनले पहिलो सिजन मुम्बईमा आबद्ध भएर भारतको फस्ट क्लास घरेलु प्रतियोगिता रन्जी ट्रफी खेले । उनको फेसबुक एकाउन्टमा जन्ममिति १९९० उल्लेख छ । जसको अर्थ अहिले उनी २६ वर्षको भए । क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिकइन्फो डटकममा उनले भारतीय स्टार रोहित शर्मासँगै सन् २०११ मा मुम्बईबाट खेलेको उल्लेख छ । उनी दायाँ हाते ब्याटस्म्यान तथा बलर हुन् । १७ वटा फस्ट क्लास म्याच खेल्दासम्म ३ शतक र ५ अर्धशतक प्रहार गर्दै ४२ दशमलव ३२ को औसतमा १ हजार ५८ रन बटुलेको उनको फेसबुक एकाउन्टमा उल्लेख छ ।
We played together in under 15 for Mumbai and now he is captain of Nepal under 19 team and we others are 24-25 age…Posted by Kaustub Pawar on Sunday, January 31, 2016
के सत्य हो दाबी ?
यस विषयमा नेपाल क्रिकेट एसोसिएनकी सिइओ भावना घिमिरेलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको छ । तर, क्रिकेटको आरकाइभमा यसबारेमा खोजी गर्दा कौस्तबले दाबी गरेजस्तै उनीसँग २००५/२००६ को रन्जी ट्रफीमा राजु रामाचन्द्र शर्माले (कौस्तबले भनेको राजु शर्मा) मुम्बाई अन्डर १५ टोलीबाट क्रिकेट खेलेको भेटाउन सकिन्छ । तर, राजुरामाचन्द्र शर्मा नै राजु रिजाल हुन् या होइनन् भन्ने यकिन भने हुँदैन ।

भारतीयले उठाए आफ्नै देशका यू–१९ क्रिकेटरको उमेरमा प्रश्न
रोचक कुरा कौस्तबको पोष्टमा नेपाली कप्तान राजु रिजालमाथि मात्र होइन अहिले विश्वकप खेलिरहेका भारतीय क्रिकेटरमाथि पनि प्रश्न उठाइएको छ । अन्डर १९ खेलिरहेका सर्फराज खानको उमेर पनि ढाँटिएको पोस्टमा कमेन्ट गर्नेहरुले उल्लेख गरेको भेटाउन सकिन्छ । जसको जवाफमा कौबले लेख्छन्, ‘म यसमा केही कमेन्ट गर्न चाहन्न, मलाई अझै मुम्बाइृका लागि खेल्नुछ ।’


No comments:
Post a Comment