सरकारी जागिरमा अव बाहुन क्षेत्रीलाई पनि आरक्षण कोटा - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, March 18, 2016

सरकारी जागिरमा अव बाहुन क्षेत्रीलाई पनि आरक्षण कोटा


काठमाडौं ५ चैत – निजामति सेवामा अब खस आर्य समुदायलाई पनि आरक्षणको व्यवस्था गर्न प्रस्ताव गरिएको छ । निजामति सेवा ऐन पाँचौं संशोधनको प्रस्तावित मस्यौदामा खस आर्यका लागि २२ प्रतिशत आरक्षण प्रस्ताव गरिएको हो । सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सहसचिव रुपनारायण भट्टराई संयोजकत्वको समितिले तयार पारेको ऐन संशोधन मस्यौदामा हालको आरक्षित व्यवस्था पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ । यदि उक्त प्रूताव पारित भएमा बाहुन क्षेत्रीले पनि सरकारी जागिरमा आरक्षण सिट पाउने छन् ।

२०६४ सालदेखि महिलाका लागि
३३ प्रतिशत आरक्षणको व्यवस्था छ । अब त्यसको सट्टा खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिलासहित बिभिन्न वर्ग र समुदायबीच मात्रै प्रतिस्पर्धा गराउन प्रस्ताव गरिएको छ ।
हाल महिला, मधेसी, आदिवासी जनजाति, अपाङ्ग, दलित र पिछडिएको क्षेत्रलाई मात्रै आरक्षणको व्यवस्था छ । नयाँ प्रस्तावअनुसार अब खस आर्य, थारु, पिछडावर्ग र मुस्लिम सुमदायका लागि पनि आरक्षणको व्यवस्था गर्न सुझाव दिइएको छ ।
यसअघि खसआर्य र पिछडावर्गलाई आरक्षणको व्यवस्था थिएन भने, थारुलाई आदिवासी जनजातिभित्र तथा मुस्लिमलाई मधेसी भित्र राखिएको थियो ।
निजामति सेवामा पदपूर्ति गर्दा आदिवासी जनजातिलाई २७ प्रतिशत, मधेसी र खस आर्यलाई २२ प्रतिशत तथा दलितलाई नौ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ ।
यसैगरी थारु र अपाङ्गता भएका व्यक्तिलाई पाँच(पाँच प्रतिशत, मुस्लिम र पिछडिएको क्षेत्रलाई चार(चार प्रतिशत तथा पिछडा वर्गलाई दुई प्रतिशत आरक्षण गर्न प्रस्ताव गरिएको छ ।
निजामति सेवालाई नयाँ संविधानअनुसार अझै समावेशी बनाउन आरक्षणको व्यवस्था पुनरावलोकन गर्न प्रस्ताव गरिएको संयोजक भट्टराईको तर्क छ । यसबाट समावेशी व्यवस्थामा नेपालको संविधान बमोजिम नयाँ कानुनी व्यवस्था गरी बढी बैज्ञानिक बन्ने विश्वास गरिएको छ ।
निजामति सेवा ऐनको संशोधन प्रस्तावमा पिछडिएको क्षेत्रमा पाँच जिल्ला थप्ने प्रस्ताव गरिएको छ । हाल अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्लालाई पिछडिएको क्षेत्र भनिन्छ ।
निजामति सेवा ऐनको पाँचौ संशोधन मस्यौदा प्रस्तावमा रुकुम, रोल्पा, दार्चुला, मनाङ र मुस्ताङलाई पनि पिछडिएको क्षेत्रमा समावेश गरी पिछडिएको क्षेत्र अन्तर्गत जिल्लाको संख्या १४ पुर्‍याइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages