बुटवल उपमहानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गत नेपालकै पहिलो र अत्याधुनिक एकीकृत फोहर प्रशोधन केन्द्रको निर्माण हुने भएको छ।
एसियाली विकास बैंकको ऋण सहयोग अन्तर्गत नेपाल सरकारको ८४ प्रतिशत अनुदानमा निर्माण हुने केन्द्रका लागि २८ करोड ७५ लाखमा ठेक्का सम्झौता गरी काम अगाडि बढाउन लागिएको छ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काले केन्द्र ल्यान्डफिल वा डम्पिङ साइट नभई प्राङ्गारिक मल उद्योगका रुपमा विकास हुने र अत्याधुनिक प्रविधि तथा उपकरणको प्रयोग हुने हुँदा केन्द्रबाट वातावरणीय प्रभाव नपर्ने प्रस्ट पारे।
यहाँ आयोजित कार्यक्रममा स्थानीय देवदह नगरपालिका वडा नं ११ चरङ्गेका बासिन्दाले जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर नपर्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिए। रासस
No comments:
Post a Comment