ब्रसेल्स विमानस्थलमा आक्रमण, ११ जनाको मृत्यु - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, March 22, 2016

ब्रसेल्स विमानस्थलमा आक्रमण, ११ जनाको मृत्यु

ब्रसेल्स – बेल्जियमको ब्रसेल्समा रहेको जाभेन्टेम विमानस्थलमा भएको दुई विस्फोटमा कम्तिमा ११ जनाको निधन भएको छ भने दर्जनौं घाइते भएका छन् । अमेरिकन एयरलाइन्सको चेक इन डेस्क नजिकै
विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उक्त घटना स्थानीय समय अनुसार बिहान ८ बजेतिर भएको थियो ।32726E7600000578-3503928-image-m-45_1458633847814बिस्फोटअघि अरबी भाषामा चिच्याइएको रिपोर्ट बाहिर आए पनि त्यसको पुष्टि हुन सकेको छैन । चार दिनअघि मात्र ब्रसेल्सबाट पेरिस हमलाका मुख्य आरोपी सलाह अबदेस्लाम पक्राउ परेका थिए । एक दिनअघि मात्र बेल्जिमका गृहमन्त्रीले पेरिस हमलावरविरुद्ध बदला लिएर छाड्ने प्रतिबद्धता जनाएका थिए ।घटनापछि बेल्जियमले सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरुले विमानस्थलको जाँच गरिरहेको र त्यहाँ अन्य बम पनि फेला परेको बिबिसीले जनाएको छ । बेल्गा समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले विस्फोटअघि गोली चलेको आवाज पनि सुनिएको बताएको छ ।
3272581400000578-3503928-Two_explosions_have_been_heard_at_Brussels_Airport_it_was_claime-a-15_145863208251632726A9600000578-3503928-image-m-32_1458632474414

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages